काठमाडाैं- प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक अध्यक्ष एवं दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'को व्यवस्ताका कारण केही ढिलागरी सुरु भएको हो।
ठकमा सरकार र सदन सञ्चालनका विषयमा छलफल हुने नेता देवेन्द्र पाैडेलले बताए।
आजै दिउँसो ४ बजे पुन:स्थापित प्रतिनिधि सभाको अधिवेशन सुरु हुँदै छ। राष्ट्रिय सभाको अधिवेशन पनि आजैबाट सुरु हुनेछ।
प्रतिनिधि सभा पुन:स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि बनेको सरकारमा माओवादीबाट दुई जना मन्त्री बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।