काठमाडाैं- नेकपा (एमाले)को वरिष्ठ नेता माधकुमार नेपालपक्षीय नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएपछि उनीहरु आन्तरिक छलफलमा जुटेका हुन्।
कोटेश्वरस्थित नेपाल निवासमा उक्त समूहका नेताहरु पुगेका छन्। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने/नदिने विषयमा छलफल भइरहेको उक्त समूहका एक नेताले बताए।
प्रधानमन्त्री देउवाले नेपालपक्षको सहजताका लागि चाँडै विश्वासको मत लिन लागिएको बताइएको छ। एकता प्रक्रिया चलिरहँदा विश्वासको मतले लफडा निम्त्याउने भएकाले पहिले यो कुरा टुंग्याएर मात्र एकता प्रयासमा केन्द्रित हुने नेपालपक्षको तयारी छ। एमालेले संस्थागत रुपमा भने सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर गरिएको रिटमा नेपालपक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।