काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ।
सर्वोच्च अदालतको असार २८ को परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका उनले पुन:स्थापित प्रतिनिधि सभामा आज विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत् संसद् सचिवालयमा गरिसकेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
आज प्रतिनिधि सभाको बैठक दुई चरणमा बस्ने र दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।