फाइल तस्बिर।
काठमाडाैं- नेकपा (एमाले)का सांसद झपट रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने संकेत गरेका छन्।
माधवकुमार नेपालपक्षीय सांसद रावलले सामाजिक सञ्जाल फेसबुकमा आफूहरुको कार्यभार संसद्को निरन्तरता भएको लेख्दै यस्तो संकेत गरेका हुन्।
'हाम्रो कार्यभार, संसद्को निरन्तरता र आत्मसम्मानसहितको पार्टी एकता,' नेता रावलले फेसबुकमा लेखेका छन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन्। सर्वोच्च अदालतको आदेशबाट पुन:स्थापित प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दै छ।
एमालेको नेपालपक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने संकेत गरे पनि पार्टीले संस्थागत रुपमा भने सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।