काठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्अन्तगर्गत प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। पुन:स्थापित प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि उनले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन्।
बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्याैपानेले जानकारी दिए।
सर्वोच्च अदालतले असार २८ गते विघटित प्रतिनिधि सभा पुन:स्थापना हुने फैसला गरेपछि पहिलोपटक प्रतिनिधि सभा बैठक बस्न लागेको हो। अदालतको आदेशबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभाको आठाैं अधिवेशन आह्वान गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।