काठमाडाैं- प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दै छ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार संसदीय दलको बैठक आज ११ बजेका लागि सिंहदरबारस्थित दलको कार्यालयमा बोलाइएको छ। बैठकमा सरकार र सदन सञ्चालनका विषयमा छलफल हुने बताइएको छ।
आजै अपरान्ह ४ बजे पुन:स्थापित प्रतिनिधि सभाको अधिवेशन सुरु हुँदै छ। राष्ट्रिय सभाको अधिवेशन पनि आजैबाट सुरु हुनेछ।
प्रतिनिधि सभा पुन:स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि बनेको सरकारमा माओवादीबाट दुई जना मन्त्री बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।