काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य 'किरण'बीच भेटवार्ता भएको छ।
वैद्यसँगको भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनीतिक बिषयमा छलफल भएको विप्लवले बताएका छन्।
प्रतिनिधि सभा पुन:स्थापना भएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि विप्लवले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधकुमार नेपाललगायतसँग भेटघाट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।