काठमाडाैं- नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले दिएको राजीनामा स्वीकृत गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले आज खातीको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
खातीले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा बसेर पुर्याएको योगदानको सरहाना गर्दै सभापति देउवाले धन्यवाद व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
खातीले महान्यायाधिवक्ता नियुक्त भएपछि पार्टीको निर्वाचन समिति सदस्यबाट राजीनामा दिएका थिए। देउवा नेतृत्वमा सरकार बनेपछि उनलाई महान्यायाधिवक्ता नियुक्त गरिएको हो। उनले महान्यायाधिवक्ताको शपथ लिएर कार्यभार सम्हालिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।