काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन्। शनिबार बसेको यो पक्षको कार्यकारिणी समितिको बैठक जसपाको आधिकारिकता आफूहरूले पाउने निष्कर्ष निकालेको हो।
दिउँसो ३ बजेदेखि सुरु भएर झण्डै चार घण्टा चलेको बैठकमा पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा नेताहरुले धारणा राखेका छ्न्। जसपा कार्यकारिणी समितिमा बहुमत भएकाले निर्वाचन आयोगले आफ्नो पक्षलाई दलको आधिकारिकता दिने कार्यकारिणी समिति सदस्य एकवाल मियाँले दाबी गरे।
जसपाका ५१ जना कार्यकारिणी सदस्यमध्ये महन्थ-राजेन्द्र पक्षमा २० जना सदस्य छ्न्। अध्यक्ष महन्थ ठाकुर पहिलो वरियताका अध्यक्ष भएकाले आफ्नो तजबिजिमा कार्यकारिणी सदस्य थप्न पाउने भन्दै २० जना थपेर निर्वाचन आयोगलाई पठाएका छ्न्।
आफ्नो पक्षको कार्यकारिणी समितिमा बहुमत भएकाले बरु पार्टीलाई थप कसरी बलियो बनाउने भन्ने विषयमा सबै नेताले बैठकमा धारणा राखेका उनले बताए। आजको बैठकमा ३० जना सहभागी भएका थिए।
जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले मन्त्री बनाउने लोभ देखाएर केही नेतालाई आफ्नो पक्षमा पारेको समेत मियाँले आरोप लगाएका छ्न्। उपेन्द्र-बाबुराम पक्षले सबैलाई मन्त्री बनाउन नसक्ने र बाँकी रहेका केही सांसद र कार्यकारिणी सदस्य महन्थ-राजेन्द्र पक्षमा आउने उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।