काठमाडाैं- सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबार (भोलि) लाई बोलाएको छ।
दलको बैठक आइतबार दिउँसो २ बजे संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेसले जानकारी दिएको छ।
आइतबार नै पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन बोलाइएको छ। प्रतिनिधि सभा बैठक अपरान्ह ४ बजे सुरु हुनेछ। राष्ट्रिय सभाको अधिवेशन पनि आइतबार सुरु हुनेछ। कांग्रेसले संसद् बैठकअघि संसदीय दलको बैठक बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।