काठमाडाैं- नेपाली कांग्रेसका सिन्धुपाल्चोक सभापति विकास लामाले क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको हातपातमा जिम्मेवार नेताहरुको संलग्नता रहेको आरोप लगाएका छन्।
क्रियाशील सदस्यता विवादका क्रममा सिन्धुपाल्चोकका जिल्ला नेताले घिमिरेमाथि शुक्रबार हातपात गरेका थिए। केन्द्रीय सदस्य घिमिरेकै भनाइ उद्धृत गर्दै लामाले पूर्वमन्त्री मोहन बस्नेतको निर्देशनमा घटना भएको उल्लेख गरेका छन्।
क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ र प्रेमध्वज लामा लगायतले घिमिरेमाथि हातपात गरेका थिए। ‘महाधिवेशन प्रभावित गराउने उद्देश्यले नियोजित तवरले घटाइएको र पार्टीका जिम्मेवार नेताहरुको प्रत्यक्ष संलग्नताले सो विषयलाई थप पुष्टि गरेको छ,’ लामाले शनिबार निकालेको विज्ञप्तिमा भनिएको छ।
नयाँ कियाशील सदस्यता खारेजी र राप्रपाको समायोजनमार्फत् आएको सदस्यता खारेज हुनुपर्छ भनी आधारहीन हल्ला चलाइएको भन्दै त्यसमा सत्यता नरहेको उनले प्रस्ट्याएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।