फाइल तस्वीर।
काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा बैठक जारी छ। आसन्न महाधिवेशनको विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ। क्रियाशील सदस्यता र तल्लो तहको अधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति तथा प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन्।
साउन १२ देखि सुरु हुने तल्लो तहको अधिवेशन सार्ने निर्णय पदाधिकारी बैठकले गर्नेछ। उक्त निर्णयलाई केन्द्रीय समितिबाट अनुमोदन गरेसँगै महाधिवेशन कार्यतालिका परिवर्तन हुनेछ।
केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी तल्लो तहको अधिवेशन बढीमा एक साता पर सार्ने तयारी गरिएको छ। तल्लो तहको अधिवेशन सार्ने विषयमा शुक्रबारको शीर्ष नेताको बैठकले पनि सहमति जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।