काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
नेता नेपाललाई भेट्न प्रचण्ड शनिबार दिउँसो नेपालनिवास कोटेश्वर पुगेका थिए। दुई नेताबीच करिब आधा घण्टा छलफल भएको नेपालको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड नेपाल निवास पुगेको बताइएको छ।
पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि सुरु हुँदैछ। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।
यसअघि बनाइएको गठबन्धनबाट नेपालले बाहरिएको बताएपनि नेताहरू उनलाई भेट्न उनको निवास जाने गरेका छन्। यसबीचमा प्रधानमन्त्री देउवाले समेत नेपाललाई कोटेश्वर पुगेर भेटिसकेका छन्।
यसैबीच, नेता नेपालले केहीबेरमा साउदी अरबका राजदूतसँग पनि भेट्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।