काठमाडौं- नेपाली कांग्रेसका कोइराला परिवारका तीन नेताबीच कांग्रेस महामन्त्री डा शशांक कोइरालाको निवासमा भेटवार्ता जारी रहेको छ।
पारिवारिक भेटको निरन्तरताको क्रममा तीन नेताबीच भेट भएको बताइएको छ। महामन्त्री कोइराला निवासमा शेखर कोइराला र सुजाता कोइराला पुगेका छन्।
क्रियाशील सदस्यता विवाद र संस्थापनइतरबाट सभापतिमा एकल उम्मेदवार बन्नेबारे छलफल भएको नेता शेखरका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
तीन नेताबीच दिउँसो १२ बजेदेखि भेट जारी रहेको बताइएको छ। सभापतिका लागि कोइरालात्रयले नै दाबेदारी प्रस्तुत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।