काठमाडौं- नेपाली कांग्रेसको विषयगत समितिले पूर्ववर्ति सरकारले मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ।
पूववर्ती सरकारले सरोकारवालाहरुसँग आवश्यक छलफल तथा समन्वय नगरी पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको समितिले जनाएको छ। विषयगत समितिको संसदीय दलको कार्यालयमा बसेको बैठकले मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
दैनिक उपभोग्य सामग्रीमा ‘रिलेभलिङ’ गरी बिक्री वितरणको अनुगमन भएको समितिले जनाएको छ। अनियमितता, कालोबजारी र भ्रष्टाचारको छानबिन, नियन्त्रण तथा कारबाही गर्न सरकारसँग समितिले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।