काठमाडौं- नेकपा एमालेको विघटित विवाद समाधान कार्यदलको बैठक सकिएको छ। शनिबार बिहान अनौपचारिक रुपमा सिंहदरबारमा बसेको कार्यदलको बैठक सकिएको हो।
नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि कार्यदलले गरेको १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउने भन्नेबारे छलफल भएको विघटित कार्यदलका सदस्यसमेत रहेका एमाले नेता गोकर्ण विष्टले बताए।
आफूहरुको सरोकार पार्टी एकतालाई कसरी जोगाउने भन्ने रहेको उनले बताए। 'कार्यदलले गरेको १० बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टी एकता जोगाउने भनेर भेटघाट र छलफल गरेका हौं,' उनले भने, 'गम्भीर सरोकार भनेको पार्टी एकतालाई जोगाउने हो।'
'हामीले भावी दिनमा कसरी पार्टी एकतालाइ जोगाउने र जिम्मेवारपूर्ण भूमिका निभाउने भनेर छलफल गरेका हौं,' उनले भने, 'सिंगो पार्टी पंक्ति चिन्तित छ र हामी पनि त्यही शिलशिलामा बसेका हौं। पार्टीलाई एकताबद्ध बनाउन चिन्ता व्यक्त गर्नु स्वाभाविक हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।