काठमाडौं- शुक्रबार विघटित नेकपा एमालेको विवाद समाधान कार्यदलका नेताहरु छलफलमा जुटेका छन्।
विघटित कार्यदलका नेताहरु शनिबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका हुन्। कार्यदलमा रहेका नेतासँगै पृथ्वी सुब्बा गुरूङ पनि बैठकमा सहभागी भएका थिए। उनी केहीबेर बैठकमा सहभागी भएर १० बजेपछि बाहिरिएका थिए।
शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले कार्यदलको १० बुँदे प्रस्तावलाई ग्रहण गर्दै कार्यदल विघटन गरेको थियो।कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना नेता रहेका थिए। अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र नेपाल पक्षको नेतृत्व भीम रावलले गरेका थिए।
कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। यस्तै, नेपाल पक्षबाट रावलसँगै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।