काठमाडौं- प्रधानमन्त्रीको ट्विटर अकाउन्ट (@PM_Nepal) मा देखिएको समस्यामा आफूहरू जिम्मेवार नरहेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दाबी गरेको छ।
निवर्तमान प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रहेका रामशरण बजगाईंले आफूहरूले सो अकाउन्टको पासवर्ड मुख्यसचिव शंकरदास बैरागीलाई बुझाएको बताए।
नेपाल लाइभसँगको कुराकानीमा प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताले ओली सचिवालयले पासवर्ड नदिएको बताएका थिए। तर, बजगाईंले भने २९ गते नै बैरागीलाई पासवर्ड दिएको बताए। सोही दिन ओलीले राजीनामा दिएका थिए। साथै, देउवा प्रधानमन्त्री नियुक्त भएका थिए।
यसअघि निरन्तर रूपमा प्रधानमन्त्री कार्यालयले प्रयोग गर्ने आधिकारिक अकाउन्ट (@PM_Nepal) लाई @PM_nepal_KPoli मा परिवर्तन गरिएको छ। साथै, @PM_Nepal मा भने हालै नयाँ अकाउन्ट दर्ता गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।