काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ जेलबाट छुटेलगतै महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ भेट्न पुगेका छन्।
बेलुका ५ बजेतिर नख्खु कारागारबाट रिहा भएका ओलीलाई भेट्न महासचिव विप्लव उनको निवास सातदोबाटो पुगेको एक नेताले बताए। ओलीको स्वास्थ्य अवस्थासँगै पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न विप्लव उनको निवास पुगेका हुन्।
गत बिहीबार सर्वोच्च अदालतले ओलीलाई रिहा गर्न आदेश दिए पनि शुक्रबार मात्रै जेलमुक्त भएका हुन्। ९ चैत २०७५ मा काभ्रेबाट ओलीसहित नाै जना पक्राउ परेका थिए। अरु छ जना कार्यकर्ता यसअघि नै रिहा भए पनि ओली शुक्रबार रिहा भएका हुन। उनीसँगै पक्राउ परेका दुई जना कार्यकर्ता रिहा भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।