काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकले तल्लो तहको अधिवेशन सार्ने निर्णय गरेको छ। तर, केन्द्रीय महाधिवेशन भने सर्ने छैन।
बालुवाटारमा शुक्रबार केन्द्रीय महाधिवेशन नसर्नेगरी तल्लो तहको अधिवेशन सार्ने कांग्रेसका शीर्ष नेताहरुको निर्णयबसेको कांग्रेसका शीर्षनेताको बैठकले यस्तो निर्णय गरेको हो। तर, तल्लो तहका अधिवेशन कति दिन सार्ने भन्नेबारे नेताहरुले फेरि छलफल गर्ने भएका छन्।
कांग्रेसमा निर्वाचन निर्देशिकाको टुङ्गो लगाउने जिम्मा सह–महामन्त्री डा प्रकाशशरण महत र नेता डा मीनेन्द्र रिजाललाई दिने निर्णय बैठकले गरेको छ।
बैठकमा क्रियाशील सदस्यता छानविन समितिले दुई जिल्लाको छानविन सक्न बाँकी रहेको जानकारी प्रस्तुत गरिएको थियो। समितिलाई थप केही दिन काम गर्न दिने निर्णयसमेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।