काठमाडौं- नेकपा (एमाले)ले बाढी पहिरोमा परी घाइते हुनेहरुको नि:शुल्क उपचार गर्न माग गरेको छ। शुक्रबार संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले प्रस्तावकै रुपमा सो विषयमा छलफल गरिएको मुख्य सचेतक विशाल भट्टराईले बताए।
‘केही समयदेखि यो बर्खायाममा बाढी र पहिरोबाट निकै ठूलो जनधन क्षति भयो। सिन्धुपाल्चोक र मनाङ लगायतका विभिन्न जिल्लाहरुमा जसरी जनधनको क्षति भयो। मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छौं। शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छौं। हाम्रो सरकार हुँदा घाइतेहरुको नि:शुल्क उपचार गरेका थियौं। अहिले सरकारसँग घाइतेहरुको पूर्णरुपमा सरकारको नि:शुल्क उपचारको माग गरेका छौं,’ उनले भने।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पूर्ववर्ती सरकारले गरेका कामको ब्रिफिङ गरेका थिए। सर्वोच्चले निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी गरेको फैसलाप्रति बैठकले आपत्ति व्यक्त गरेको भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।