काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात प्रयास भएको छ।
सिन्धुपाल्चोकबाट आएका कांग्रेस कार्यकर्ताहरुले समितिको कार्यस्थल तीलगंगास्थित धर्म शालामा घिमिरेमाथि हातपात गर्न खोजेका हुन्।
पूर्वमन्त्री मोहन बस्नेत निकट जिल्ला नेताको नेतृत्वमा आएको टोलीले बस्नेतमाथि हातपात प्रयास गरेको हो। आसन्न जिल्ला महाधिवेशन संस्थापन पक्षबाट सिन्धुपाल्चोक सभापतिमा उम्मेदवारी घोषणा गरेका हरि शरण श्रेष्ठको नेतृत्वमा आएको समूह आक्रमणमा उत्रिएको हो।
क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरे पनि संस्थापन पक्षका हुन्। आफ्नै समुह भएर पनि जिल्लामा आफू निकटका क्रियाशील सदस्यलाई लिएर विवाद निकालेको आरोप लगाउँदै घिमिरेमाथि कार्यकर्ताहरु आक्रमणमा उत्रिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।