काठमाडाैं- नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु भएको हो।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदहरु उपस्थित भएका छैनन्।
एमालेको स्थायी कमिटी बैठक आजै सम्पन्न भएको थियो। बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गर्दै मत नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको थियो।
स्थायी कमिटी बैठकलगत्तै बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई थप निर्देशन दिइरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।