काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।
नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाइ दिन राजदूत यान्छी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्।
भेटमा उनले प्रधानमन्त्री देउवालाई बधाइ दिएकी थिइन्।
सामाजिक सञ्जालमार्फत चिनियाँ राददूतसँग भेटको तस्वीर सार्वजनिक गर्दै देउवाले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो प्रयास रहेन बताएका छन्।
चिनियाँ राजदूत यान्छीले देउवा प्रधानमन्त्री भएको ४ दिनपछि सरकारी निवास पुगेर बधाई दिएकी हुन्।
यसअघि अमेरिकी राजदूत र्याण्डी बेरी र भारतीय राजदूत विनयमोहन क्वात्राले बुढानीलकण्ठ (निजी निवास)मै पुगेर देउवालाई बधाई दिइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।