काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले विवाद समाधानको सुझाव दिनका लागि गठन गरिएको कार्यदलको प्रस्तावलाई ग्रहण गरेको छ। शुक्रबार ग्वार्कोस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको बैठकले कार्यदलको १० बुँदे प्रस्तावलाई ग्रहण गरेको हो।
‘पार्टीमा विद्यमान समस्या समाधान सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयारी गरी बैठक समक्ष प्रस्तुत गरेको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने निर्णय गरेको छ। प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ। कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेकोमा कार्यदलमा रहनुभएका कमरेडहरुलाई धन्यवाद दिने र कार्यदल विघटन गर्ने निर्णय गरिएको छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने।
केपी शर्मा ओली र माधव नेपालपक्षका पाँचपाँच सदस्यहरु रहेको कार्यदलले गत असार २७ गते १० बुँदेमा सहमति गरेको थियो। तर, सो प्रस्तावपछि पनि नेकपामा तिक्ततामा कमी आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।