काठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक तयारीका लागि संसद् भवनको स्थलगत अवलोकन गरेका छन्। उनले शुक्रबार बिहान संसद् बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा बानेश्वरस्थित संघीय संसद् भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेका हुन्।
सर्वोच्च अदालतको फैसलापछि दोस्रोपटक पुन:स्थापित भएको प्रतिनिधि सभाको पहिलो बैठक साउन ३ गते आइतबार बस्दै छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साउन ३ गते अपरान्ह ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी थिइन्। सर्वोच्चको फैसलामा साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश गरिएको छ।
यसैबीच संसद् बैठकमा सहभागी हुने सांसद्हरुको एन्टिजेन परीक्षण सुरु गरिएको छ। आज संसद् भवनको स्काई लाइट हलमा सभामुख सापकोटालगायत सांसदहरुको एन्टिजेन परीक्षण गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।