काठमाडौं–नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने गरी बैठक बोलाएका हुन्। बैठक शुक्रबार ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
अध्यक्ष ओलीले ३३ सदस्यीय स्थायी कमिटी बैठक बोलाएका हुन्। जसमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरु पनि छन्।
यस्तै, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा एमालेका तर्फबाट थपिएका स्थायी कमिटी सदस्यलाई पनि शुक्रबारको बैठकमा बोलाइएको तामाङले जानकारी दिए।
सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।