काठमाडाैं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन्।
समितिले काम गरिरहेको तिलगंगास्थित नेपाल-भारत मैत्री धर्मशाला पुगेर पौडेलले त्यसबारे जानकारी लिएका हुन्। पौडेलले समितिले गरेको काम प्रशंसानीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएका थिए।
समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४औं महाधिवेशन गराउने जिम्मा समितिको काँधमा रहेको समेत बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।