• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मेरियट वार्ताबाट किन आशावादी देखिए एमाले नेताहरु?

64x64
नेपाल लाइभ बुधबार, असार २३, २०७८  २३:३३
1140x725

काठमाडौं- पछिल्लो समय निकै कटुतापूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ काठमाडौंको नागपोखरी, नक्सालस्थित मेरियट होटलमा झण्डै दुई घण्टा वान अन वान वार्ता भयो।

अलग पार्टीको अभ्यासमा अघि बढिसकेका एमालेका दुई शीर्ष नेताबीचको यो वार्ता कुनै निष्कर्षमा भने पुगेन। वार्ता सकेर ओली र नेपाल कुनै प्रतिक्रिया नदिई बाहिरिए भने त्यो वार्ताअघि ओली र नेपालसहित मेरियटमै भएको संयुक्त छलफलमा सहभागी एमालेका दोस्रो तहका नेताहरु भने बुधबार साँझको वार्ताबाट आशावादी देखिएका छन्।

उनीहरुले शीर्ष नेताद्वयबीच सकारात्मक छलफल भएको बताएका छन्। जस्तो कि, वार्तास्थलबाट बाहिरिने क्रममा नेपालपक्षका नेता, एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए। ठोस निष्कर्ष केही ननिस्किए पनि यो वार्तालाई एमाले नेताहरुले कसरी सकारात्मक देखे?

के भयो मेरियटमा?
करिब सवा सातबजे मेरियट पुगेका ओली र नेपालले शुरुमा त्यहाँ आफ्नोपक्षका केही नेताहरुसहित संयुक्त छलफल गरेका थिए। ओली र नेपालबाहेक त्यो छलफलमा एमाले महासचिव ईश्वर पोखरेल, एमाले विवाद समाधानका लागि गठित कार्यदलमा ओलीका तर्फबाट सहभागी स्थायी कमिटी सदस्य विष्णु पौडेल तथा कार्यदलमा नेपालपक्षका स्थायी कमिटी सदस्यद्वय भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए।

यो पनि पढ्नुहोस्

ओली-नेपाल वार्ता सकियो, सकारात्मक छलफल भएको नेताहरूको प्रतिक्रियाबुधबार, असार २३, २०७८

‘पहिले हामी सबैले संयुक्त छलफल गर्यौं, एक हिसाबले त्यो अनौपचारिक छलफल जस्तै थियो’, एमाले महासचिव ईश्वर पोखरेलले नेपाल लाइभसँग भने, ‘त्यसपछि उहाँहरु दुई जनाबीचमा वान अन वान छलफल भयो।’ पोखरेलले दुई नेताबीचमा मात्र भएको कुराकानी आफूलाई जानकारी नभएको तर छलफल सकारात्मक रहेको बताए। ‘उहाँहरु एकापसमा भेटेर छलफल गर्न र पार्टीलाई एकतावद्ध राख्न सहमत हुनुभयो, यो नै सकारात्मक हो नि, पोखरलले भने, ‘सकारात्मक हुँदैन्थ्यो भने त उहाँहरुको भेट नै हुने अवस्था बन्दैन्थ्यो नि।’

पछिल्ला तीन दिन लगातार सक्रिय भएको एमाले विवाद समाधान कार्यदलले बुधबार साझा धारणा तय गर्दै आफूहरुबीचमा सहमति बनेको जनाएको थियो। त्यही सहमतिलाई ओली र नेपालसँग राख्न कार्यदलले बुधबार नै दुवैको भेट गराउने बताएको थियो। त्यसअनुसार नै बुधबार साँझ ओली र नेपालको वार्ता जुरेको थियो। 

एमाले विवाद सुल्झाउन भनेर बनेको यो कार्यदल पहिले पनि सक्रिय थियो। तर, गत जेठ ७ गते मध्यरात ओलीले हठात् प्रतिनिधि सभा विघटन गरेपछि कार्यदल स्वतः भताभुंग भएको थियो। पछिल्लो समय एमालेका दुवै समूहलाई नेता र कार्यकर्ताको खेपिनसक्नु दबाब परेपछि ओली र नेपाल दुवैले कार्यदल सक्रिय तुल्याउने निर्णय गरेका थिए। त्यसकै परिणाम बुधबारको परिस्थिति खडा भएको थियो।

‘बुधबार भेट्नसाथै सबथोक टुंगिइहाल्छ, दुई नेताले हस्ताक्षरसहितको सहमति गरिहाल्नुहुन्छ भन्ने कसैले सोचेको भए आजको वार्ताबाट निराश हुने अवस्था बन्थ्यो होला’, कार्यदलमा रहेका एक एमाले नेताले भने, ‘आजको वार्ताको उद्देश्य नै दुई नेतालाई संवादमा प्रवेश गराउने थियो। त्यसकारण हामी आशावादी बनेका हौं।’

Ncell 2
Ncell 2

वान अन वान वार्तामा प्रवेश पाएको पावर सेयरिङ 
ओली र नेपाल दुवैपक्षका नेताहरुले बुधबार अबेर राति दिएको जानकारीअनुसार उनीहरुबीचको वान अन वान वार्तामा धेरैजसो विषयमा कुरा भएनन्। समग्रमा पार्टीलाई एकतावद्ध राख्ने विषयमा दुवैको समान धारणा बनेको तर, त्यसका लागि गर्नुपर्ने कामका लागि विषयगत छलफल भने हुन बाँकी रहेको उनीहरुको भनाइ छ।

त्यसकै लागि भनेर बिहीबार बिहान ११ बजे कार्यदलको बैठक बस्दैछ। र, त्यसलगत्तै आवश्यक महसुस भएमा दुई नेताबी बिहीबार नै या चाँडै छलफल हुनसक्ने नेताहरुले बताएका छन्।

अन्य विषयमा कार्यदलस्तरमै सहमति खोज्ने मूडमा ओली र नेपाल दुवै भए पनि बुधबार साँझको वार्तामा ‘पावर सेयरिङ’ को विषय भने प्रवेश भएको छ। वार्ताबाट निस्केपछि ओली र नेपालले निकटस्थहरुलाई दिएको जानकारीअनुसार नेपालले अन्य विषयसँगै पार्टी हाँक्नका लागि अब ‘पावर सेयरिङ’को विषय पनि समाधान गर्नुपर्ने बताएका थिए। 

यो पनि पढ्नुहोस्

ओली र नेपाल वार्ता सकेर मेरियटबाट बाहिरिएबुधबार, असार २३, २०७८

यसबारे यसअघि कार्यदलदेखि अन्य अनौपचारिक बैठकमा समेत छलफल हुँदै आएका छन् भलै त्यसले कुनै ठोस आकार नपाएको किन नहोस्। नेपाल स्वयंले एमालेलाई एकताबद्ध पार्न अन्य थुप्रै अडानसँगै एक व्यक्ति एक पदको विषय सार्वजनिक रुपमासमेत उठाएका छन्। नेपाल मात्र होइन, ओलीपक्षकै कतिपय नेताहरुले यसमै टेकेर पार्टीलाई विग्रहबाट रोक्न ओलीले नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउनेसम्मको अग्रसरता देखाउनुपर्ने कुरा राख्दै आएका छन्। 

ओली र नेपालबीच बुधबार साँझ भएको ‘पावर सेयरिङ’को विषय ठ्याक्कै के थियो भन्ने प्रष्ट भइसकेको छैन। नेताहरु अहिल्यै यसबारे मुख नखोल्ने रणनीतिमा छन्। तर, त्यसबारे ओली र नेपालबीच बुधबार साँझ खासै मतैक्य देखिएको बताइएको छ।

‘हो, मतैक्य नभएको साँचो हो। तर, बुझ्नुपर्ने के हो भने यो यति सजिलै मिलिहाल्ने विषय होइन’, नेपालपक्षमै एक नेताले भने, ‘यो अहिल्यै मिलिहाल्ने, केही समयमै परिणाम आइहाल्ने विषय नै होइन। यसमा लामो समय पनि लाग्न सक्छ। मुख्य कुरा छलफलको सही सुरुआत भएको छ, हामी त्यसकारण आशावादी छौं।’ तर, कार्यदलमा जुटेको वा अझ पनि जुट्ने सहमतिलाई दुवै शीर्षनेताले कसरी ग्रहण गर्छन्, अहिले भएको संवादको सुरुआतलाई कसरी अगाडि बढाउँछन् भन्ने कुरा भने अगाडिका दिनमा निर्भर हुने उनले बताए। ‘हामीले संकेत राम्रो पाएका छौं, बाँकी त उहाँहरु दुई जनामा निर्भर छ’, उनले ‘पावर सेयरिङ’को विषय नै प्रमुख बन्न सक्ने संकेत गर्दै भने।

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात पार्टी केन्द्रीय कार्यालय च्यासलमा रिपोर्टिङका क्रममा कार्यकर्ताहरुले दुर्व्यवहारसहित हातपात गरेका हुन् । शनिबार, चैत १४, २०८२
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । शनिबार, चैत १४, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा एमालेले आजैदेखि देशब्यापी प्रदर्शन सुरु गर्ने जानकारी दिएको छ भने कार्यक्रमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ। शनिबार, चैत १४, २०८२
ताजा समाचारसबै
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात शनिबार, चैत १४, २०८२
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु शनिबार, चैत १४, २०८२
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते शनिबार, चैत १४, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्