काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकिएको छ।
वार्ता सकेर दुवै नेता होटलबाट बाहिरिएका छन्। वार्तामा भएको कुराकानीका विषयमा भने दुवै नेताले कुनै प्रतिक्रिया दिन मानेनन्।
लामो समयको संवादहीनता तोड्दै बुधबार बेलुकी २ नेताबीच काठमाडौंको नागपोखरी (नक्साल)स्थित होटल मेरियटमा भेटवार्ता भएको हो।
एमाले एकता कार्यदलका सदस्यहरुबीच सोमबार, मंगलबार र बुधबार गरी ३ दिनसम्म भएको भेटवार्तापछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको अवस्था सिर्जना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।