• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

‘गेमचेञ्‍जर’ आयोजना माथिल्लो तामाकोशीले बढाएको आत्मविश्वास

64x64
रासस सोमबार, असार २१, २०७८  २०:२८
1140x725
फाइल तस्बिर

काठमाडाैं- कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि मुलुकको अर्थतन्त्रमा के कस्तो प्रभाव पर्ला भन्ने आममानिसको चासो रहेको छ।

सोही चासोलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, 'मुलुकको जीडीपीमा तामाकोशीले एक प्रतिशत बराबरको योगदान दिन्छ।'

ऊर्जा क्षेत्रका जानकारका अनुसार एक युनिट बिजुलीले झण्डै ९० देखि १०० रुपैयाँ बराबरको प्रभाव पार्दछ। अर्थतन्त्रको विकास र विस्तारका लागि ऊर्जा आफैंमा महत्त्वपूर्ण स्रोत हो। यही स्रोतलाई आत्मसात् गर्दै अर्थमन्त्री पौडेलले तामाकोशीले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा चर्चा गरेका हुन्।

झण्डै ११ वर्षमा आयोजना सम्पन्न भए पनि आगामी दिनमा यसले राष्ट्रिय रुपमा पार्ने सकारात्मक प्रभाव आफैंमा महत्त्वपूर्ण रहेको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरमा भएको वृद्धि, प्राकृतिक विपद् तथा सीमा नाकामा भएको अवरोधलगायतका कारणले आयोजना तोकिएको समयमा पूरा हुन सकेन।

सुरुआती तालिकाअनुसार २०७२ असारमा सम्पन्न हुनुपर्ने आयोजना अनेकन कारणले ढिला भए। समय र लागत बढ्दा आयोजनाले दिने प्रतिफलसमेत कम हुने हो कि भन्ने आशंका नीति निर्माता तथा आम लगानीकर्तामा देखा पर्‍यो।

नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यो आयोजनालाई ‘गेम चेञ्जर’ आयोजनाका रुपमा लिइन्छ। किनकि, नेपाली स्रोत र साधन प्रयोग गरेर निर्माण गरिएको हालसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोशी नै हो। बिजुली बढी माग हुने समयमा कूल क्षमताअनुसार नै सञ्चालन गर्न सकिने यसको अर्को विशेषता हो।

नेपालले ठूला परियोजना आफैं निर्माण गर्न सक्छ भन्ने आत्मविश्वास पैदा गर्न सो आयोजना सफल भएको छ। अर्थमन्त्री पौडेलका अनुसार माथिल्लो तामाकोशीले नेपालको जलविद्युत् विकासको इतिहासमा कोशेढुङ्गा गाडन सफल भएको छ। नेपाली पुँजीबाट निर्माण भएको आयोजनाको आफ्नै प्रकारको विशेषता रहेको उल्लेख गर्दै उनले यसले महत्त्वपूर्ण उपलब्धि दिँदै जाने विश्वास व्यक्त गरे।

यो पनि पढ्नुहोस्

माथिल्लो तामाकोशी आयोजना : ६ वर्ष ढिला हुँदा ३५ अर्बले बढ्यो लागतसोमबार, असार २१, २०७८

मुलुकको आर्थिक विकास तथा औद्योगिक उत्पादनका लागिसमेत आयोजना महत्त्वपूर्ण रहेको स्पष्ट पार्दै उनले मुलुकभित्र भरपर्दो बिजुली प्रवाह गर्न यसले प्रत्यक्ष योगदान गर्ने बताए। आयोजना नेपालका लागि आफैंमा एउटा महत्त्वपूर्ण पाठशाला भएको टिप्पणी गर्दै यसबाट प्राप्त भएका सकारात्मक र नकारात्मक दुवै विषयबाट शिक्षा लिएर आगामी दिनमा ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, 'आयोजना सम्पन्न गरेर ऊर्जा क्षेत्रको विकासमा नयाँ फड्को हासिल गरेका छौं, आगामी दिनमा अझै नयाँ नयाँ कीर्तिमानी कायम गर्दै अगाडि बढ्नुपर्छ।' विसं २०६७ मा मुख्य सिभिल निर्माण कार्य सुरु गरिएको आयोजनाको २०६८ जेठ ४ गते शिलान्यास गरिएको थियो। शिलान्यासदेखि आजका दिनसम्म आइपुग्न आयोजनाले अनेकन हण्डर र ठक्कर झेल्नुपरेको छ।

1140x725

‘गोरखा भूकम्प’ नै माथिल्लो तामाकोशीका लागि सबैभन्दा ठूलो समस्याका रुपमा देखापर्‍यो। पहुँचमार्ग नै भत्कियो। लागत बढ्यो। सुरुमा २०७२ असारमै सम्पन्न गर्ने योजना रहे पनि अनेकन कारणले गर्दा झण्डै छ वर्षपछि आयोजना बिजुली बाल्ने अवस्थामा आइपुगेको छ।

राष्ट्रिय गौरवका परियोजनामध्ये मेलम्ची खानेपानी आयोजनापछि निर्माण सम्पन्न हुने दोस्रो परियोजनाका रुपमा यो रहेको छ। झण्डै रुग्ण अवस्थामा पुगेको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मेहनत गरेर एउटा लयमा ल्याएका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्राकृतिक विपत्ति तथा कोरोना महामारीजस्ता कारणले आयोजनामा ढिलाइ भएको उनको अनुभव छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार माथिल्ल्लो तामाकोशीले देखाएको बाटो पहिल्याएर नेपालको जल विद्युत् क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने छ। उनले भने, 'नेपालीको पौरख, नेपालको गौरव शैलीमा काम गरियो भने हामी सफल हुन सक्छौँ भन्ने तामाकोशीले देखाएको छ।'

उनले मध्यम खालका उत्पादन क्षमता र लागतका जल विद्युत् आयोजना अब स्वदेशी लगानी, इञ्जिनियरिङ र व्यवस्थापनबाट निर्माण गर्न सकिने आत्मविश्वास पैदा भएको बताए।

यस्ता आयोजना आफैं बनाउनका लागि आँट र हिम्मत आएको उनको भनाइ छ। उनले भने, 'चिलिमे मोडलमा बनेको यो आयोजना स्वदेशी इञ्जिनियरिङमा बनाउन त्यो बेला हामीले आँट गरेनौँ तर आज यो आयोजना निर्माण सम्पन्न हुँदै गर्दा आगामी दिनमा स्वदेशी इञ्जिनियरिङमा नै बनाउने आँट पलाइसकेको छ।'

कार्यकारी निर्देशक शाक्यले कूल ४०० मेगावाट वरपरका बेतन कर्णाली जस्ता आयोजना स्वेदशी ढाँचा, लगानी र इञ्जिनियरिङ तथा व्यवस्थापनबाट नै गर्न सकिने विश्वास व्यक्त गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको आयोजनामा कूल छ युनिट छन्। त्यसमध्ये आज एउटा युनिट सञ्चालनमा आएको हो। बाँकी पाँच युनिट आगामी भदौभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। एउटा युनिटले ७६ मेगावाट बिजुली उत्पादन गर्दछ।

नेपालमा जलविद्युत् इतिहासको झण्डै ११० वर्षे कालखण्डमा हालसम्मकै ठूलो क्षमताको आयोजना सञ्चालनमा आएको हो। दोलखाको बिगु गाउँपालिका-१ लामाबगरमा आयोजनाको बाँध र गोगरमा विद्युत् गृह रहेको छ।

आयोजनाबाट दुई अर्ब २८ करोड युनिट वार्षिक विद्युत् उत्पादन हुनेछ। आयोजनामा ८.४५ किलोमिटर लामो मुख्य सुरुङ र एक हजार १६५ मिटर लामो पेनस्टक निर्माण गरिएको छ। यस आयोजनाको सम्भाव्यता अध्ययन तथा पहुँचमार्ग विस्तृत अध्ययन डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले वि.सं. २०५७ देखि २०६० मा गरेको थियो।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  २०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्