• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

‘गेमचेञ्‍जर’ आयोजना माथिल्लो तामाकोशीले बढाएको आत्मविश्वास

64x64
रासस सोमबार, असार २१, २०७८  २०:२८
1140x725
फाइल तस्बिर

काठमाडाैं- कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि मुलुकको अर्थतन्त्रमा के कस्तो प्रभाव पर्ला भन्ने आममानिसको चासो रहेको छ।

सोही चासोलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, 'मुलुकको जीडीपीमा तामाकोशीले एक प्रतिशत बराबरको योगदान दिन्छ।'

ऊर्जा क्षेत्रका जानकारका अनुसार एक युनिट बिजुलीले झण्डै ९० देखि १०० रुपैयाँ बराबरको प्रभाव पार्दछ। अर्थतन्त्रको विकास र विस्तारका लागि ऊर्जा आफैंमा महत्त्वपूर्ण स्रोत हो। यही स्रोतलाई आत्मसात् गर्दै अर्थमन्त्री पौडेलले तामाकोशीले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा चर्चा गरेका हुन्।

झण्डै ११ वर्षमा आयोजना सम्पन्न भए पनि आगामी दिनमा यसले राष्ट्रिय रुपमा पार्ने सकारात्मक प्रभाव आफैंमा महत्त्वपूर्ण रहेको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरमा भएको वृद्धि, प्राकृतिक विपद् तथा सीमा नाकामा भएको अवरोधलगायतका कारणले आयोजना तोकिएको समयमा पूरा हुन सकेन।

सुरुआती तालिकाअनुसार २०७२ असारमा सम्पन्न हुनुपर्ने आयोजना अनेकन कारणले ढिला भए। समय र लागत बढ्दा आयोजनाले दिने प्रतिफलसमेत कम हुने हो कि भन्ने आशंका नीति निर्माता तथा आम लगानीकर्तामा देखा पर्‍यो।

नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यो आयोजनालाई ‘गेम चेञ्जर’ आयोजनाका रुपमा लिइन्छ। किनकि, नेपाली स्रोत र साधन प्रयोग गरेर निर्माण गरिएको हालसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोशी नै हो। बिजुली बढी माग हुने समयमा कूल क्षमताअनुसार नै सञ्चालन गर्न सकिने यसको अर्को विशेषता हो।

नेपालले ठूला परियोजना आफैं निर्माण गर्न सक्छ भन्ने आत्मविश्वास पैदा गर्न सो आयोजना सफल भएको छ। अर्थमन्त्री पौडेलका अनुसार माथिल्लो तामाकोशीले नेपालको जलविद्युत् विकासको इतिहासमा कोशेढुङ्गा गाडन सफल भएको छ। नेपाली पुँजीबाट निर्माण भएको आयोजनाको आफ्नै प्रकारको विशेषता रहेको उल्लेख गर्दै उनले यसले महत्त्वपूर्ण उपलब्धि दिँदै जाने विश्वास व्यक्त गरे।

यो पनि पढ्नुहोस्

माथिल्लो तामाकोशी आयोजना : ६ वर्ष ढिला हुँदा ३५ अर्बले बढ्यो लागतसोमबार, असार २१, २०७८

मुलुकको आर्थिक विकास तथा औद्योगिक उत्पादनका लागिसमेत आयोजना महत्त्वपूर्ण रहेको स्पष्ट पार्दै उनले मुलुकभित्र भरपर्दो बिजुली प्रवाह गर्न यसले प्रत्यक्ष योगदान गर्ने बताए। आयोजना नेपालका लागि आफैंमा एउटा महत्त्वपूर्ण पाठशाला भएको टिप्पणी गर्दै यसबाट प्राप्त भएका सकारात्मक र नकारात्मक दुवै विषयबाट शिक्षा लिएर आगामी दिनमा ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, 'आयोजना सम्पन्न गरेर ऊर्जा क्षेत्रको विकासमा नयाँ फड्को हासिल गरेका छौं, आगामी दिनमा अझै नयाँ नयाँ कीर्तिमानी कायम गर्दै अगाडि बढ्नुपर्छ।' विसं २०६७ मा मुख्य सिभिल निर्माण कार्य सुरु गरिएको आयोजनाको २०६८ जेठ ४ गते शिलान्यास गरिएको थियो। शिलान्यासदेखि आजका दिनसम्म आइपुग्न आयोजनाले अनेकन हण्डर र ठक्कर झेल्नुपरेको छ।

1140x725

‘गोरखा भूकम्प’ नै माथिल्लो तामाकोशीका लागि सबैभन्दा ठूलो समस्याका रुपमा देखापर्‍यो। पहुँचमार्ग नै भत्कियो। लागत बढ्यो। सुरुमा २०७२ असारमै सम्पन्न गर्ने योजना रहे पनि अनेकन कारणले गर्दा झण्डै छ वर्षपछि आयोजना बिजुली बाल्ने अवस्थामा आइपुगेको छ।

राष्ट्रिय गौरवका परियोजनामध्ये मेलम्ची खानेपानी आयोजनापछि निर्माण सम्पन्न हुने दोस्रो परियोजनाका रुपमा यो रहेको छ। झण्डै रुग्ण अवस्थामा पुगेको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मेहनत गरेर एउटा लयमा ल्याएका हुन्।

प्राकृतिक विपत्ति तथा कोरोना महामारीजस्ता कारणले आयोजनामा ढिलाइ भएको उनको अनुभव छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार माथिल्ल्लो तामाकोशीले देखाएको बाटो पहिल्याएर नेपालको जल विद्युत् क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने छ। उनले भने, 'नेपालीको पौरख, नेपालको गौरव शैलीमा काम गरियो भने हामी सफल हुन सक्छौँ भन्ने तामाकोशीले देखाएको छ।'

उनले मध्यम खालका उत्पादन क्षमता र लागतका जल विद्युत् आयोजना अब स्वदेशी लगानी, इञ्जिनियरिङ र व्यवस्थापनबाट निर्माण गर्न सकिने आत्मविश्वास पैदा भएको बताए।

यस्ता आयोजना आफैं बनाउनका लागि आँट र हिम्मत आएको उनको भनाइ छ। उनले भने, 'चिलिमे मोडलमा बनेको यो आयोजना स्वदेशी इञ्जिनियरिङमा बनाउन त्यो बेला हामीले आँट गरेनौँ तर आज यो आयोजना निर्माण सम्पन्न हुँदै गर्दा आगामी दिनमा स्वदेशी इञ्जिनियरिङमा नै बनाउने आँट पलाइसकेको छ।'

कार्यकारी निर्देशक शाक्यले कूल ४०० मेगावाट वरपरका बेतन कर्णाली जस्ता आयोजना स्वेदशी ढाँचा, लगानी र इञ्जिनियरिङ तथा व्यवस्थापनबाट नै गर्न सकिने विश्वास व्यक्त गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको आयोजनामा कूल छ युनिट छन्। त्यसमध्ये आज एउटा युनिट सञ्चालनमा आएको हो। बाँकी पाँच युनिट आगामी भदौभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। एउटा युनिटले ७६ मेगावाट बिजुली उत्पादन गर्दछ।

नेपालमा जलविद्युत् इतिहासको झण्डै ११० वर्षे कालखण्डमा हालसम्मकै ठूलो क्षमताको आयोजना सञ्चालनमा आएको हो। दोलखाको बिगु गाउँपालिका-१ लामाबगरमा आयोजनाको बाँध र गोगरमा विद्युत् गृह रहेको छ।

आयोजनाबाट दुई अर्ब २८ करोड युनिट वार्षिक विद्युत् उत्पादन हुनेछ। आयोजनामा ८.४५ किलोमिटर लामो मुख्य सुरुङ र एक हजार १६५ मिटर लामो पेनस्टक निर्माण गरिएको छ। यस आयोजनाको सम्भाव्यता अध्ययन तथा पहुँचमार्ग विस्तृत अध्ययन डिजाइनको काम नेपाल विद्युत् प्राधिकरणले वि.सं. २०५७ देखि २०६० मा गरेको थियो।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  २०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्