• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

माथिल्लो तामाकोशी आयोजना : ६ वर्ष ढिला हुँदा ३५ अर्बले बढ्यो लागत

64x64
नेपाल लाइभ सोमबार, असार २१, २०७८  १९:३९
1140x725

काठमाडाैं- राष्ट्रिय गाैरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेसँगै आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो।

दोलखा जिल्लाको बिगु-१ लामाबगरमा निर्माण सम्पन्न भएको यस आयोजनाको प्रधानमन्त्री ओलीले बालुवाटारबाट 'भर्चुअल' प्रविधिमार्फत स्वीच थिचेर उद्घाटन गरेका हुन्। स्वदेशी लगानी र इन्जिनियरिङमा निर्माण गरिएको यो नेपालकै पहिलो आयोजना हो। 

उद्घाटनसँगै आयोजनाबाट ७६ मेगावट विद्युत् उत्पादन सुरु हुने आयोजनाले जानकारी दिएको छ। आयोजनाको छ वटा युनिटमध्ये तत्काल एउटाबाट मात्र सञ्चालनमा ल्याइनेछ। प्रत्येक युनिटबाट ७६ मेगावट विद्युत् उत्पादन हुन्छ। त्यसैले आयोजनाको कूल उत्पादन क्षमता ४५६ मेगावाट भए पनि तत्काल परीक्षणका लागि एउटा युनिटबाट मात्र उत्पादन हुनेछ। आयोजनाले परीक्षण अवधि १५ दिन हुने जानकारी दिएको छ। त्यसपछि क्रमश: सबै युनिटबाट विद्युत् उत्पादन सुरु गरिने आयोजनाको भनाइ छ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ। आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो।

आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेसन हुँदै ढल्केबर पुग्नेछ। ढल्केबर सवस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेसनमा जोडिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

३५ अर्बले बढ्यो लागत
राष्ट्रिय गाैरवको यो आयोजना विभिन्न कारणले छ वर्ष ढिलाइ हुँदा लक्ष्यभन्दा ३५ अर्ब रुपैयाँ बढी खर्च भएको छ। आयोजना सम्पन्न हुँदा अनुमानित लागत १७ अर्ब र ब्याज १४ अर्ब गरी ३५ अर्ब रुपैयाँ बढी खर्च भएको आयोजनाले जानकारी दिएको छ।

सुरुमा करिब ३५ अर्ब लागतमा सम्पन्न हुने अनुमान गरिएकोमा बढेर ५२ अर्ब रुपैयाँ पुगेको छ। यस्तै ब्याज १८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा बढेर ३२ अर्ब रुपैयाँ पुगेको छ। 

२०६७ बाट निर्माण सुरु भएको उक्त आयोजना ११ वर्षपछि सम्पन्न भएको हो। आयोजनाको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६८ जेठ ४ गते गरेका थिए।

Ncell 2
Ncell 2

आयोजना सुरु गर्दा २०७२ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, २०७२ सालको भूकम्प, कोरोना महामारीलगायत प्राकृतिक विपत्ति र अन्य विभिन्न कारण आयोजनाको काममा ढिलाइ हुन पुगेको थियो। आयोजना छ वर्ष ढिलाइ हुँदा लागत र ब्याज बढ्न पुगेको हो।

राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री
सोमबार आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी सम्पन्न हुँदा राष्ट्रिय आत्मविश्वास बढाएको बताए। यसमा सम्पूर्ण नेपाली गर्व गर्नुपर्ने उनको भनाइ थियो।

'हाम्रो आफ्नै लगानी, हाम्रै बलबुत्तामा यति ठूलो आयोजना सम्पन्न गर्‍याैं। आफ्नै लगानी, आफ्नै इन्जिनियरिङ, कन्सल्ट्यान्ट प्रयोग भएको यो आयोजनाले ऊर्जा क्षेत्रको मात्रै होइन, राष्ट्रिय आत्मविश्वास बढाएको छ,' प्रधानमन्त्री ओलीले भने, 'यसबाट हाम्रा अनुभव, बाैद्धिकता, सीप निर्यात गर्नसक्ने आत्मविश्वास बढाएको छ।'

उनले आयोजना अलिकति ढिला हुँदा लागत अनुमान बराबर घाटा बेहोर्नुपरेको बताए। यसबाट पाठ सिकेर आगामी दिनमा आयोजनाहरुको काममा ढिलाइ गर्न नहुने उनले बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विष्णुप्रसाद पाैडेलले नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजन सञ्चालनमा आउनु मुलुकको लागि गाैरवको कुरा भएको बताए। उनले यस आयोजनाले मुलुकबाट लोडसेडिङ दीर्घकालीन रुपमा अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। तामाकोशी आयोजनाले मुलुकको जीडीपीमा एक प्रतिशत योगदान दिने अनुमान गरिएको समेत उनले जानकारी दिए।

'यो आयोजनाले हामीलाई ठूलो शिक्षा पनि छाडेको छ। हामीसँग छरिएर रहेको स-सानो पुँजीलाई संगठित गर्न सक्छाैंर माथिल्लो तामाकोशी जस्ता ठूला आयोजनामा लगानी गर्न सक्छाैं। देशको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्छाैं भन्ने सन्देश यसले दिएको छ,' ऊर्जामन्त्री पाैडेलले भने। यो आयोजना ऊर्जा क्षेत्रका लागि एउटा महत्त्वपूर्ण पाठशालासमेत बनेको उनको भनाइ थियो।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनसँगको फोटो पोस्ट गर्दै कुलमानले लेखे– ‘देश बनाउने अभियानमा सँगै छौँ’
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
एसीसी यू–१९ पुरूष प्रिमियर कपको उपाधि लागि आज नेपाल र यूएई भिड्दै
सम्बन्धित सामग्री
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार, मंसिर १२, २०८२
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेवखिम्तीको संयुक्त... बिहीबार, मंसिर ११, २०८२
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो। आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
बालेनसँगको फोटो पोस्ट गर्दै कुलमानले लेखे– ‘देश बनाउने अभियानमा सँगै छौँ’ सोमबार, मंसिर १५, २०८२
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग सोमबार, मंसिर १५, २०८२
एसीसी यू–१९ पुरूष प्रिमियर कपको उपाधि लागि आज नेपाल र यूएई भिड्दै सोमबार, मंसिर १५, २०८२
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने? सोमबार, मंसिर १५, २०८२
भारतमा नरभक्षी ब्वाँसोको आतङ्क, ड्रोनमार्फत निगरानी आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आइतबार, मंसिर १४, २०८२
काठमान्डु पाँच विकेटले विजयी हुँदै ‘प्लेअफ’ नजिक, चौथो हारसँगै कर्णालीलाई कठिन आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्