• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

माथिल्लो तामाकोशी आयोजना : ६ वर्ष ढिला हुँदा ३५ अर्बले बढ्यो लागत

64x64
नेपाल लाइभ सोमबार, असार २१, २०७८  १९:३९
1140x725

काठमाडाैं- राष्ट्रिय गाैरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेसँगै आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो।

दोलखा जिल्लाको बिगु-१ लामाबगरमा निर्माण सम्पन्न भएको यस आयोजनाको प्रधानमन्त्री ओलीले बालुवाटारबाट 'भर्चुअल' प्रविधिमार्फत स्वीच थिचेर उद्घाटन गरेका हुन्। स्वदेशी लगानी र इन्जिनियरिङमा निर्माण गरिएको यो नेपालकै पहिलो आयोजना हो। 

उद्घाटनसँगै आयोजनाबाट ७६ मेगावट विद्युत् उत्पादन सुरु हुने आयोजनाले जानकारी दिएको छ। आयोजनाको छ वटा युनिटमध्ये तत्काल एउटाबाट मात्र सञ्चालनमा ल्याइनेछ। प्रत्येक युनिटबाट ७६ मेगावट विद्युत् उत्पादन हुन्छ। त्यसैले आयोजनाको कूल उत्पादन क्षमता ४५६ मेगावाट भए पनि तत्काल परीक्षणका लागि एउटा युनिटबाट मात्र उत्पादन हुनेछ। आयोजनाले परीक्षण अवधि १५ दिन हुने जानकारी दिएको छ। त्यसपछि क्रमश: सबै युनिटबाट विद्युत् उत्पादन सुरु गरिने आयोजनाको भनाइ छ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ। आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो।

आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेसन हुँदै ढल्केबर पुग्नेछ। ढल्केबर सवस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेसनमा जोडिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

३५ अर्बले बढ्यो लागत
राष्ट्रिय गाैरवको यो आयोजना विभिन्न कारणले छ वर्ष ढिलाइ हुँदा लक्ष्यभन्दा ३५ अर्ब रुपैयाँ बढी खर्च भएको छ। आयोजना सम्पन्न हुँदा अनुमानित लागत १७ अर्ब र ब्याज १४ अर्ब गरी ३५ अर्ब रुपैयाँ बढी खर्च भएको आयोजनाले जानकारी दिएको छ।

सुरुमा करिब ३५ अर्ब लागतमा सम्पन्न हुने अनुमान गरिएकोमा बढेर ५२ अर्ब रुपैयाँ पुगेको छ। यस्तै ब्याज १८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा बढेर ३२ अर्ब रुपैयाँ पुगेको छ। 

२०६७ बाट निर्माण सुरु भएको उक्त आयोजना ११ वर्षपछि सम्पन्न भएको हो। आयोजनाको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६८ जेठ ४ गते गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

आयोजना सुरु गर्दा २०७२ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, २०७२ सालको भूकम्प, कोरोना महामारीलगायत प्राकृतिक विपत्ति र अन्य विभिन्न कारण आयोजनाको काममा ढिलाइ हुन पुगेको थियो। आयोजना छ वर्ष ढिलाइ हुँदा लागत र ब्याज बढ्न पुगेको हो।

राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री
सोमबार आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी सम्पन्न हुँदा राष्ट्रिय आत्मविश्वास बढाएको बताए। यसमा सम्पूर्ण नेपाली गर्व गर्नुपर्ने उनको भनाइ थियो।

'हाम्रो आफ्नै लगानी, हाम्रै बलबुत्तामा यति ठूलो आयोजना सम्पन्न गर्‍याैं। आफ्नै लगानी, आफ्नै इन्जिनियरिङ, कन्सल्ट्यान्ट प्रयोग भएको यो आयोजनाले ऊर्जा क्षेत्रको मात्रै होइन, राष्ट्रिय आत्मविश्वास बढाएको छ,' प्रधानमन्त्री ओलीले भने, 'यसबाट हाम्रा अनुभव, बाैद्धिकता, सीप निर्यात गर्नसक्ने आत्मविश्वास बढाएको छ।'

उनले आयोजना अलिकति ढिला हुँदा लागत अनुमान बराबर घाटा बेहोर्नुपरेको बताए। यसबाट पाठ सिकेर आगामी दिनमा आयोजनाहरुको काममा ढिलाइ गर्न नहुने उनले बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विष्णुप्रसाद पाैडेलले नेपालकै सबैभन्दा ठूलो जलविद्युत् आयोजन सञ्चालनमा आउनु मुलुकको लागि गाैरवको कुरा भएको बताए। उनले यस आयोजनाले मुलुकबाट लोडसेडिङ दीर्घकालीन रुपमा अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। तामाकोशी आयोजनाले मुलुकको जीडीपीमा एक प्रतिशत योगदान दिने अनुमान गरिएको समेत उनले जानकारी दिए।

'यो आयोजनाले हामीलाई ठूलो शिक्षा पनि छाडेको छ। हामीसँग छरिएर रहेको स-सानो पुँजीलाई संगठित गर्न सक्छाैंर माथिल्लो तामाकोशी जस्ता ठूला आयोजनामा लगानी गर्न सक्छाैं। देशको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्छाैं भन्ने सन्देश यसले दिएको छ,' ऊर्जामन्त्री पाैडेलले भने। यो आयोजना ऊर्जा क्षेत्रका लागि एउटा महत्त्वपूर्ण पाठशालासमेत बनेको उनको भनाइ थियो।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्