काठमाडाैं– दक्षिणी जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध चक्कुले आक्रमण गर्दा तीनजनाको मृत्यु भएकाे छ। घटनामा अन्य केही मानिस घाइते भएका छन्।
स्थानीय अधिकारीका अनुसार जर्मनीको वुर्जबर्ग शहरमा नेपाली समय अनुसार शुक्रबार राति ९ बजेतिर याे घटना भएको हो। मेन पोस्ट अखबारका अनुसार तीन जना मृतकमध्ये एक युवक र उनका एक आमा बुबा थिए।
ठूलो चक्कुसहित बटुवाहरुमाथि आक्रमण गर्ने २४ वर्षीय ती व्यक्ति सोमालियन नागरिक रहेका जनाइएको छ।
उनको गोडामा गोली प्रहार गरि प्रहरीले नियन्त्रणमा लिएको जनाइएकाे छ।
उनी आक्रामक र मानसिक रुपमा अस्थिर रहेको प्रहरीकाे भनाइ छ। हालै मात्र उनले मनोसामाजिक उपचार गराएको खुलेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ।
क्षेत्रीय आन्तरिक मन्त्री जोआकिम हर्मम्यानले घटनास्थलमा पुगेपछि भने, ‘तीन जनाको मृत्यु भएको छ र पाँच जना गम्भीर घाइते भएका छन्। सबै गम्भीर घाइते छन्। बाँच्ने कुनै ठेगान छैन।’
उक्त आक्रमणकारी सन् २०१५ देखि वुर्जबर्गमा बसोबास गरिरहेका थिए। जुन वर्ष जर्मनीले आफ्नो सिमाना एक लाखभन्दा बढी आप्रवासी तथा शरणार्थीहरूलाई युद्ध र गरिबीको चपेटामा परेकालाई आफ्नो देशमा शरण दिएको थियो।
ती युवकको सामान्य घाइते भएको हर्मम्यानले जानकारी दिए। उनको ज्यान जोखिममा थिएन र उनलाई प्रहरीले अस्पतालमा सोधपुछ गरेको छ।
एक साक्षीका अनुसार उक्त संदिग्ध व्यक्तिले ‘अल्लाहू अकबर’ भनेका थिए। अरबी वाक्यांश जसको अर्थ ‘ईश्वर महान् छ’। प्रायः इस्लामीक आतंकवादको क्रियाकलापमा संलग्नहरुले यस्तो वाक्यांश प्रयोग गर्ने गर्छन्।
‘यो सम्भावित इस्लामी मनसाय हो। यो पनि अनुसन्धानको एक हिस्सा हो,’ उनले थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।