काठमाडौं– नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदानको समय पुनः परिवर्तन गरिएको छ।
मतदानको आवश्यक तयारी पूरा हुन नसकेपछि निर्वाचन समितिले दिउँसो १ बजेका लागि निर्धारण गरेको समय सारेर २ बजे पुर्याएको हो।
महाधिवेशनको पाँचौँ दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने कार्यक्रम छ। सुरुमा बिहान १० बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि तयारी नपुगेपछि निर्वाचन समितिले दिउँसो १ बजेसम्मका लागि समय सारेको थियो।

त्यसपछि पनि मतदानको तयारी पूरा नभएपछि पदाधिकारीका उम्मेदवारहरूसँगको सहमतिमा दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने गरी समय निर्धारण गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।