काठमाडौं- अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यामा संलग्न प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल सजाय तोकिएको छ।
अश्वेत व्यक्ति फ्लोइडको हत्याका दोषी पूर्व मिनियापोलिस श्वेत प्रहरी अधिकारी डेरेक शोभिनलाई शुक्रबार साढे २२ वर्षको जेल सजाय सुनाइएको हो। उनलाई 'थर्ड डिग्री' हत्यामा दोषी ठहर गरिएको हो।
४५ वर्षीय शोभिनले अप्रिलमा ४६ वर्षीय फ्लोइडको गर्दनमा साढे ९ मिनेट घुँडाले च्यापेका थिए। फ्लोइडको प्रहरी हिरासतमा निधन भएको थियो। उनलाई पक्राउ गर्ने क्रममा प्रहरीको ज्यादतीको भिडियो सार्वजनिक भएसँगै अमेरिकासहित विश्वका कयौं देशमा प्रहरी प्रशासनको फरक व्यवहार र रंगभेदलाई लिएर प्रदर्शन भएको थियो।
शुक्रबार फ्लोइडको परिवार र शोभिनकी आमाको भावनात्मक बयान र शोभिन आफैंले संवेदना व्यक्त गरेपछि न्यायाधीश पीटर काहिलले यो सजाय भावना, सहानुभूति वा जनमतमा आधारित नभएको बताएका थिए।
दोस्रो डिग्री हत्याको अभियोगमा दोषी ठहर भएका शोभिनलाई अभियोजन पक्षले ३० वर्षको जेल सजाय माग गरेको थियो। तर मिनेसोटा जेल सजाय निर्देशनालयले शोभिनको कुनै आपराधिक अभिलेख नभएको भन्दै उनलाई साढे १२ वर्ष सजाय दिन सिफारिस गरेको गरेको थियो। तर अदालतले भने उनलाई साढे २२ वर्षको जेल सजाय सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।