काठमाडाैं- अस्ट्रेलियाको सिड्नी सेन्ट्रलसहित अन्य पूर्वीय उपनगरहरूमा लकडाउन हुने भएको छ। कोरोना संक्रमणका नयाँ केसहरू देखिएपछि डिसेम्बरयता पहिलो पटक लकडाउन गर्न लागिएको हो।
स्वास्थ्य विज्ञहरूको सल्लाह अनुरुप शहरको ठूलो भाग बन्द नगर्न लक्षित ठाउँहरूमा मात्र जुलाई २ तारिखसम्म लकडाउन जारी गर्न लागिएको हो।
शनिबारदेखि संक्रमण देखिएका क्षेत्रका मानिसहरू अत्यावश्यकबाहेक अन्य काममा निस्कन पाउँदैनन्।
त्यहाँ बढी संक्रामक डेल्टा भेरियन्ट पुष्टि भएको बताइएको छ। शुक्रबारमात्र थप १७ जनामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ। योसँगै कुल संक्रमित संख्या ६५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।