काठमाडाैं- अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक १२ तलाको आवासीय भवन भत्किँदा १५९ जना बेपत्ता भएका छ। घटनामा कम्तिमा ४ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
दुर्घटनाका बेला भवनमा कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अधिकारीहरुले जानकारी दिएका छन्।
यद्यपि, मानिसहरूका आवाज भग्नावशेषबाट आइरहेकाे बताइएकाे छ। बिहीबार बिहान कसरी ४० बर्ष पुरानो भवन भत्कियो भन्ने कारणहरू अझै स्पष्ट भएका छैनन्।
याे भवन सन् १९८० मा निर्माण भएको थियो।
दर्जनौं व्यक्तिहरू भग्नावशेष बाहिर निकालेका छन्। राष्ट्रपति जो वाइडेनले फ्लोरिडामा आपत्कालिन अवस्थाको घोषणा गरेको छ।
यसको अर्थ संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले प्रान्तीय सरकारी एजेन्सीहरूलाई राहत कार्यमा मद्दत गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।