काठमाडाैं- रुसमा शुक्रबार पनि २० हजारभन्दा बढीमा कोरोना संक्रमण भएकाे बताइएको छ। गएको २४ घण्टायता २० हजार ३९३ जनामा संक्रमण पुष्टि भएकाे रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्।
योसहित रुसमा हाल ५४ लाख ९ हजारभन्दा बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यसैगरी साेही अवधिमा ६०० जनाको ज्यान गएको छ। योसमेत गरी रुसमा अहिलेसम्म कोेरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको छ।
रुसको मस्को शहर सबैभन्दा धेरै प्रभावित भएकाे छ। मस्कोमा मात्र अहिलेसम्ममा १३ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ।
गत २४ घण्टामा मस्कोमा करिब ८ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ। रुसमा आफ्नै देशमा उत्पादन गरिएको कोरोनाविरुद्धमा खोप पनि लगाइएको छ।
शुक्रबारसम्ममा रुसमा तीन करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।