काठमाडौं- चीनको एक मार्शल आर्ट्स स्कूलमा आगलागी हुँदा कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ। आगलागीमा परि १६ जना घाइते भएको बताइएको छ।
यो दुर्घटना चीनको हेनान प्रान्तस्थित झेचेंग शहरमा शुक्रवार विहान भएको हो। तर आगो लाग्नुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
चिनियाँ सञ्चारमाध्यमका अनुसार आगो नियन्त्रणमा आएको छ भने स्कूलका मालिकलाई प्रहरीले हिरासतमा लिएको छ।स्थानीय प्रशासनले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।