काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु-कश्मिरलाई दिलदेखि दिल्लीसम्म नजिक बनाउने बताएका छन्। जुम्मु कश्मिरका सवै पक्षका नेताहरुसँगको बैठकका क्रममा उनले उक्त कुरा बताएका हुन्।
'जम्मु-कश्मिरलाई दिलदेखि दिल्लीसम्म नजिक बनाउने छाैं। यसका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने छ,' उनले भने।
आपसी सम्वन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उनले उल्लेख गरे।
जम्मु-कश्मिरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको समेत उनले बताए।
भारतको संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरलाई विषेश दर्ता दिने व्यवस्थाको अन्त्य गरेपछि जम्मु-कश्मिरका नेता र केन्द्रीय नेताका बीचमा पहिलो पटक बैठक भएको हो।
मोदीले सन् २०१९ को अगस्टमा भारतको संविधानको धारणा ३७० लाई खारेज गरी जम्मु-कश्मिरलाई दिइएको विषेश दर्ता हटाइएको घोषणा गरेका थिए।
उनीहरुलाई पनि केन्द्रीय सरकार मातहत नै ल्याइएको विषयमा केही विरोध भएपनि कार्यान्वयन भने भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।