काठमाडौं- केन्यामा एयर फोर्सको लडाकू विमान दुर्घटना हुँदा कम्तीमा १० सैनिकको मृत्यु भएको छ।
केन्याको सेना र स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रेनिङ मिसन निस्किएकाे विमान अवतरणकाे क्रममा बिहीबार राजधानी नैरोबीमा स्थानीय समयअनुसार बिहान ९ बजे दुर्घटनामा परेको हो।
विमानमा सवार १० जनाको मृत्यु भएको छ भने थप १३ जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएकाहरुको नैरोबीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।