काठमाडाैं- ब्राजिलमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्न नसकेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट दुई हजार १३१ जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही हप्ता अघि घटेको देखिएको भएपनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन।
ब्राजिल कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ। ब्राजिलमा अहिलेसम्म ५ लाख ४ हजार ७१७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।
यस्तै ब्राजिलमा १ करोड ८० लाख ५४ हजारभन्दा बढी नागरिकमा काेराेना संक्रमण भएकाे छ। त्यस्तै २४ घण्टामा ८७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ।
ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ। ब्राजिलमा ८ करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।