काठमाडौं - पाकिस्तानको लाहोरस्थित जोहार टाउनमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ।
लश्कर-ए-तैयबाका संस्थापक हाफिज सइदको घरनजिकै उक्त विष्फोटमा गराइएकाे हाे। पञ्जाब आपतकालिन सेवा, जसलाई उद्धार ११२२ भनेर पनि चिनिन्छ, जसले उक्त स्थानमा घाइतेहरुकाे उद्धार गरिरहेका छन्।
हालसम्म २३ जना घाइते भएकाे जनाइन्छ र याे संख्या अझ बढ्न सक्ने अनुमान गरिएकाे छ। घाइते हुनेमा एक प्रहरी अधिकारी पनि छन्। विष्फोटकाे समयमा प्रहरीहरु साइदको घरको सुरक्षाका लागि खटिइरहेका थिए।
घाइतेहरुलाई उपचारका लागि जिम्ना अस्पताल लगिएको उद्धार स्रोतले जनाएको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। विष्फोटको कारण नजिकैका अन्य घरहरुमा क्षति पुगेको बताइएकाे छ।
अहिलेसम्म उक्त विष्फोट आत्मघाती थियो वा सिलिन्डर विस्फोटन गराइएको थियो भन्ने खुलेको छैन।
यता, पञ्जाब आईजी इनाम घनीले भने यो बम विस्फोट भएको पुष्टि गरे। ‘कारमा राखिएको बम विस्फोट भएको हो। त्यहाँ प्रहरी परिचालन भएका कारण कार आफ्नो लक्ष्यसम्म पुगेन। यो विस्फोटमा प्रहरीलाई तारो बनाइएको थियो,’ उनले भने।
यसभन्दा अगाडी क्यापिटल सिटी प्रहरी अफिसर (सीसीपीओ) गुलाम महमूदले विस्फोट भएको स्थानकाे अवलोकन गरेका थिए। उनले विस्फोटको प्रकृति भने अहिलेसम्म पत्ता लाग्न नसकेकाे जानकारी दिए।
एक प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा राखिएको केही विस्फोटक सामग्री पड्किएकाे हाे। अहिले विष्फोटको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यस्तै, पञ्जाबका मुख्यमन्त्री उस्मान बुज्दारले उक्त विस्फोटको जानकारी लिएका छन्। उनले यस घटनाकाे गहन छानबिन गरेर प्रतिवेदन पेश गर्न प्रान्तीय प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।
उनले विष्फोटका लागि जिम्मेवार व्यक्तिलाई कानुनी कठघरामा उभ्यान र घाइतेहरुकाे उपचारमा सहयोग पुर्याउन निर्देशन दिएका छन्।
उनले जिन्ना अस्पताल र प्रान्तीय राजधानीको अन्य स्वास्थ्य सुविधाहरूको लागि आपत्कालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।