काठमाडौं– चीनसँगको मुख्य व्यापारमा सहजता नहुँदा उत्तर कोरियामा मुद्रा विनिमय दर र उपभोग्य बस्तुको मूल्यमा उतारचढाव आइरहेको छ। जसले गर्दा खाद्यान्य संकट भोगिरहेका नागरिकले कष्टको सामना गरिरहेका छन्।
मिडिया रिपोर्ट र विश्लेषकहरुका अनुसार चीनले कोरोना भाइरसका कारण सीमा नाकाहरुलाई बन्द गर्दा भोकमरीसँग जुधिरहेको उत्तर कोरियाली नागरिक थप संकटमा परेको समाचार संस्था रोयटर्सले जनाएको छ।
अप्रिलमा २८.७५ मिलियन डलर रहेको उत्तर कोरियामा चिनियाँ निर्यात मे महिनामा २.७१ मिलियन डलरमा झरेको थियो। उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी चीनले कोरोना महामारीलाई लक्षित गर्दै सीमा प्रतिबन्ध कम्तिमा अर्को एक वर्षसम्म राख्ने भएसँगै उत्तर कोरियाको अवस्था गम्भीर बन्ने संकेत देखिएको जनाइएको छ।
उत्तर कोरियाका केही क्षेत्रमा विदेशी विनिमयदरहरु र केही सामानहरुको मूल्यमा अस्थिरता उत्पन्न भएको छ।
‘इन्धन र विदेशी मुद्राको मूल्य तलमाथि भइरहेको छ जुन वैदेशिक व्यापारको अवस्थाले भएको हो’ उत्तर कोरियाली अर्थतन्त्रका विज्ञ पिटर वार्डले भने।
गत हप्ता उत्तर कोरियाली शासक किम जोन उनले यस वर्ष देशको अर्थतन्त्रमा सुधार आउने बताएका थिए तर कोरोनाभाइरस महामारी र गत वर्षको आँधीले गर्दा तनावपूर्ण खाद्यस्थितिसँग जुध्न आवश्यक रहेको बताएका थिए।
सरकारी सञ्चारमाध्यमहरुका अनुसार सरकारले खाद्यान्यको उपात्दन बढाएर नागरिकलाई बाँढ्ने जनाएको छ। डेली एनकेको एक रिपोर्ट अनुसार प्योङयाङ लगायतका देशका केही प्रमुख सहरहरुमा सरकारी राशनपछि मकै र धानको मूल्यमा गिरावट आएको छ। तर केही क्षेत्रमा भने केही मूल्य बढेको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।