Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अफगानिस्तानको अस्पतालमा रकेट आक्रमण, कोरोनाविरुद्धकाे खोप जलेर नष्ट

64x64
नेपाल लाइभ बुधबार, असार ९, २०७८  १५:५५
1140x725

काठमाडौं- अफगानिस्तानको पूर्वी प्रान्त कुनारस्थित एक अस्पतालमा रकेट आक्रमण भएको छ।

उक्त आक्रमणमा चरमपन्थी संगठन तालिबानको हात रहेको हुन सक्ने अफगानिस्तानको सरकारी अधिकारीले अनुमान लगाएका छन्। तालिबानका प्रवक्ता  जबिहुल्लाह मुजाहिदले भने अस्पतालमा भएको आक्रमणमा संगठनको हात नरहेको दाबी गरेका छन्।

रकेट आक्रमणको कारण अस्पतालमा आगलागी भएको छ। आगलागीको कारण ठूलो क्षति भएको जनाइएको छ। आगोबाट कोरोनाविरुद्धको खोपलागतयका महत्वपूर्ण स्वास्थ्य सामग्री जलेर नष्ट भएको अधिकारीहरुले बताएका छन्। 

तालिबानले मंगलबार मात्रै ताजकिस्तानसँगको प्रमुख सीमामा पनि नियन्त्रण कायम गरेको अधिकारीहरुले बताएका छन्। कुन्दुज प्रान्तको सो शिर खान बन्दरगाह कब्जा गरेकाे छ। 

मंगलबार तालिबानले बन्दरगाह, शहर र ताजिकिस्तानको सबै सीमा चौकी कब्जा गरेसँगै त्यहाँ कार्यरत सरकारी अधिकारी र सुरक्षाकर्मीहरु भागेको बताइएको छ।

‘एक घण्टा लडाइँ पछि दुर्भाग्यवस तालिबानले शिर खान बन्दरगाह, शहर र ताजिकिस्तानको सबै सीमा चौकी कब्जा गर्यो,’ कुन्जुद प्रान्तीय परिषदका सदस्य खालिद्दीन हकमीले भने।

तालिबान बिद्रोहीले राज्यको राजधानीबाहेक सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरुले पनि तालिबानले आफ्नो पडक बिस्तार गर्दै लगेको उल्लेख गरेका छन्।

सेनाका एक अधिकारीले आफ्नो नाम न छाप्न शर्तमा एएफपी समाचार एजेन्सीलाई भने,‘हामीलाई सबै चेक पोस्टहरू छोड्न बाध्य पारियो।  हाम्रा केही सिपाहीहरूले सीमा पार गरेर ताजिकिस्तान प्रवेश गरेका छन्। बिहानसम्म सयौंको संख्यामा तिनीहरू (तालिबानी लडाकु) जताततै थिए।’  

Ncell 2
Ncell 2
nimb
nimb

तालिबानीका प्रवक्ता मुजाहिदले उक्त स्थान कब्जा गरेकाे स्वीकार गरे।

‘हाम्रा मुजाहिद्दीनहरूले शिर खान बन्दरगहा र ताजिकिस्तानसँगै सबै सीमा रहेकाे कजाखण्डमा पूर्ण नियन्त्रणमा लिएका छन्,’ उनले एएफपीलाई भने।

संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त
विदेशी सैनिकहरु फिर्ता हुन थालेसँगै पछिल्लो केही सातायता अफगानिस्तानमा सरकारी सेना र तालिबानबीचको युद्ध बढेको छ। तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण पनि बढाइरहेको छ। 

अमेरिकासहितका देशले आफ्ना बाँकी सैनिकहरु फिर्ता लैजाने तरखर गरेसँगै अफगानिस्तानमा तालिबानले सरकारमाथिको आक्रमण तीव्र पारेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ।

Xtrem

Xtrem

अमेरिका र नेटाका सदस्य राष्ट्रहरुले आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सैनिक फिर्ता लैजाने तयारी गरेका छन् र त्यसमा उनीहरु प्रतिवद्ध रहेको बताउँदै आएका छन्।

यद्यपि, राष्ट्रसंघले अफगानिस्तानमा पुनः हिंसा र अस्थिरताको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। 

गएको मे यता अफगानिस्तानका ३७० जिल्ला मध्ये ५० जिल्लामा तालिबान बिद्रोहीले हिंसात्मक आक्रमण गरेको  राष्ट्रसंघका विशेष दूत डेबरा लायन्सले सुरक्षा परिषद्लाई जानकारी दिएकी छिन्।

‘सैन्य गतिविधि बढाएर तालिबानले आफ्नो पकड बिस्तार गरेको छ। यसले आउँदा दिनमा अवस्था थप भयावह हुनसक्न छ। अफगानिस्तानमा हिंसा बढ्दै जानु भनेको छिमेक र पर रहेका देशहरुका लागि सुरक्षा चुनौति बढ्नु हो।यसबारे सोच्नुपर्ने स्थिति आएको छ,’  १५ सदस्यीय संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक उनले भनेकी छिन्।

 तालिबानले हाल नियन्त्रण कायम गरेका जिल्लाहरु क्षेत्रीय राजधानी वरपरका रहेको र विदेशी सैनिक फिर्ता गए लगत्तै ती राजधानीहरुमा नियन्त्रण कायम गर्ने लक्ष्य तालिबानको हुन सक्ने उनको भनाइ छ।

यता,  अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले तालिबानका गतिविधिहरुले सैनिक फिर्ता बोलाउने अभियानमा कुनै प्रभाव नपर्ने बताएका छन्। तर, उनले वर्तमान अवस्थाबारे निगरानी भइरहेको जानकारी दिएका छन्। 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल
च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु
सम्बन्धित सामग्री
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्। बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु साउदी अरबका दुई विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन भारतीय समाचारमध्यम दैनिक भास्करका अनुसार उनलाई हृदयघात भएको थियो। चिकित्सकहरूले ४५ मिनेटसम्म सीपीआर दिए पनि उनको ज्यान बचाउन नसेको द... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल बिहीबार, असोज २२, २०८३
च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु बिहीबार, असोज २२, २०८३
काँग्रेस महाधिवेशनमा मतदानको समय पुनः परिवर्तन, दिउँसो २ बजेबाट सुरु गर्ने तयारी बिहीबार, असोज २२, २०८३
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्