काठमाडौं- कोरोना संक्रमण बढेसँगै अष्ट्रेलियाको सिड्नीमा मास्कको प्रयोग अनिवार्य गरिएको छ।
सिड्नीमा संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमणपाइएसँगै बुधबाटबाट कार्यालयहरुमा पनि मास्कको प्रयोग अनिवार्य गरिएको हाे।
सिड्नीमा पछिल्लो समय ३० भन्दा धेरै संक्रमित फेला परिसकेका छन्। यस्तै, सिड्नीबाट न्युजिल्याण्ड पुगेका मानिसमा पनि कोरोना संक्रमण पाइएसँगै राजधानी विलिङगन टनमा अलर्ट जारी गएिको छ।
साउथ अष्ट्रेलियाले भने सीमा बन्द गरिसकेको छ।
याेसँगै सिड्नी र त्यसको आसपासका क्षेत्रबाट आउने मानिसहरुलाई भिक्टोरिया र क्विन्सल्याण्डले रोक लगाइएकाे छ। यस्तै, मानिसहरुको भेला तथा अन्य सामाजिक गतिविधिमा पनि रोक लगाइएको छ।
आवश्यक कामबाहेक अन्य कामका लागि घरबाहिर जाने अनुमति दिइएको छैन। केही विद्यालयको पढाइ अनलाइनबाट मात्र शुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।