काठमाडाैं- इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम राइसीले अमेरिकासँग आफ्नो देशमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेका छन्।
इरानको विदेश नीति २०१५ मा विश्वका शक्ति राष्ट्रहरुसँग भएको आणविक सम्झौतामा सीमित हुने जानकारी दिँदै उनले प्रतिबन्ध हटाउन माग गरेका हुन्।
शुक्रबार राष्ट्रपतिय चुनाव जितेका राइसी कट्टरपन्थी मानिन्छ। ६० वर्षीय राइसी पश्चिमी देशहरूको कडा आलोचक हुन्। उनले अगस्टमा हसन रूहानीबाट पदभार लिनेछन्।
तेहरानका राइसीले भने, ‘हामी विश्वसँग वार्ता गर्नेछौं। आणविक सम्झौताको कारण हामी इरानी जनताको अधिकारलाई असर गर्न दिनेछैनौं।’
अमेरिकी प्रतिबन्धले इरानको अर्थव्यवस्थामा गहिरो प्रभाव पारेको छ र यो नयाँ राष्ट्रपति समक्ष सबैभन्दा ठूलो चुनौती साबित हुनेछ।
विज्ञहरूका अनुसार राइसीको जितले आणविक सम्झौताको पुनजीवार्जन गर्न वार्तामा इरानले मोलतोल गर्ने स्थिति परिवर्तन गर्नेछैन।
इरानको नीति मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता अयातुल्ला अली खमानेइको अनुमोदन पछि मात्र लिन्छ।
राइसीले अमेरिकाले आणविक सम्झौताको उल्लंघन गरेको छ र युरोपेली संघले आफ्ना प्रतिज्ञाहरू पूरा गर्न नसकेको पनि आरोप लगाएको छ।
‘संयुक्त राज्यलाई आणविक सम्झौताको प्रतिबद्धता पालन गर्न आग्रह गर्दछु। इरानमा सबै प्रतिबन्ध हटाउन पनि आग्रह गर्दछु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।