काठमाडौं- कोरोना महामारीको कारण लगातार दोस्रो वर्ष अमरनाथ यात्रामा रोक लगाइएको छ।
जम्मु एण्ड कश्मिरका लेफ्टिन्टेन्ट गभर्नर मनोज सिन्हाले सोमबार कोरोना महामारीलाई ध्यानमा राख्दै यात्रामा प्रतिब्धन लगाइएको जानकारी दिए।
‘कोरोना महामारीको स्थितिलाई ध्यानमा राख्दै अमरनाथ यात्रा रद्द गरिएको छ। अमरनाथ श्राइन बोर्डका सदस्यहरूसँग छलफल गरेर यो निर्णय लिइएको हो,’ उनले भने।
यद्यपि, पवित्र गुफामा परम्परा अनुसार सबै धार्मिक अनुष्ठानहरू सञ्चालन गरिने उनले जानकारी दिए।
यद्यपि, भारतमा काेराेना संक्रमणदर ओरालाे लाग्ने क्रम छ। पछिल्लाे २४ घण्टामा ५३ हजार २ सय ५६ नयाँ संक्रमित फेला परेका छन्। याे ८८ दिन यताकै सबैभन्दा कम संख्या हाे।
साेही अवधिमा १४ सय २२ जनाकाे मृत्यु भएकाे छ भने ७८ हजार १ सय ९० जना संक्रमणमुक्त भएकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
अहिलेसम्म संक्रमित हुनेकाे कूल संख्या २ कराेड ९९ लाख ३५ हजार २ सय २१ पुगेकाे छ । तीमध्ये २ कराेड ८८ लाख ४४ हजार १ सय ९९ जना निकाे भएका छन्।
मृत्यु हुनेकाे संख्या ३ लाख ८८ हजार १ सय ३५ पुगेकाे सरकारी तथ्यांक छ। अहिले भारतमा ७ लाख भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।
भारतले २८ कराेड ३६ हजारभन्दा धेरै नागरिकलाई काेराेनाविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे डाेज लगाइसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।