काठमाडाैं- बढ्दो राजनीतिक संकटकाबीच इथियोपियामा प्रमुख राष्ट्रिय र क्षेत्रीय निर्वाचन भइहेको छ।
सन् २०१८ मा सत्तामा आएपछि प्रधानमन्त्री अबिय अहमदले पहिलोपटक निर्वाचनको सामना गर्न लागेका हुन्। सोमबार भइरहेको निर्वाचनले उनी सत्तामा कायम रहने वा नरहने भन्ने कुराको निक्र्योल गर्ने जनाइएकाे छ।
इथियोपियाको टिग्रे प्रान्तबाहेक अन्य स्थानमा मतदान भइरहेकाे छ। टिग्रे प्रान्तमा गत नोभेम्बरदेखि सरकार र स्थानीय सेनाबीच लडाइँ हुँदै आएको मतदान हुन नसकेकाे इथियोपियाको राष्ट्रिय निर्वाचन बोर्डले जनाएकाे छ।
निर्वाचनमा ४० भन्दा धेरै पार्टीहरु सहभागी भएका छन्। तर, यसमा अधिकांश क्षेत्रीय पार्टी छन्। केही प्रान्तमा क्षेत्रीय पार्टीहरुले निर्वाचन बहिष्कार गरेका छन्।
यद्यपि, अहमदले यो निर्वाचनमा आफूले संसदको ५४७ सिटमध्ये बहुमत सिट प्राप्त गर्ने दाबी गरेका छन्।
निर्वाचनको कार्यतालिका अनुसार प्रारम्भिक मतगणनाको नतिजा पाँच दिनभित्र आउनेछ। अन्तिम नतिजा आउन भने २३ लाग्ने जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।