काठमाडाैं- मेक्सिकोको उत्तरी शहर रेनोसाको विभिन्न क्षेत्रमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा १५ जनाकाे मृत्यु भएकाे छ।
शनिबार दिउँसो टेक्सासको म्याक्लेन नजिकैको रेनोसाको पूर्वी भागमा बन्दुकधारीहरु सवारी साधनमा आएका थिए।
एक व्यक्तिले सिमाना पुल नजिकै रहेका प्रहरीमाथि आक्रमण गरेका थिए। ती प्रहरीकाे मृत्यु भएकाे सुरक्षा बलसँग समन्वय गर्दै आएकाे तामाउलिपास सरकारी एजेन्सीले जनाएकाे छ।
अन्यलाई भने गाेली प्रहार गरिएकाे थियाे या अन्य वस्तुले हिर्काइएको थियो भन्ने खुल्न सकेकाे छैन।
यस आक्रमण पछि सेना, राष्ट्रिय सुरक्षा एजेन्सी, प्रान्तीय प्रहरी र अन्य एजेन्सीहरूले अनुन्धान थालेका छन्।
अधिकारीका अनुसार उनीहरूले दुई जना महिला अपहरण गरेको हुनसक्ने जनाएका छ। घटनामा संलग्न एक जनालाई हिरासतमा लिइएकाे छ। अधिकारीका अनुसार तीन गाडी पनि जफत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।